लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलरको जरिमाना लागेको । क्याम्ब्रीज एनालिटिका डेटा स्क्याण्डलका कारण फेसबुकमाथि अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले यस्तो जरिमाना लगाएको हो। फेसबुकले गोपनीयता पुल र क्याम्ब्रीज एनालिटिका स्क्याण्डल सेटलमेन्टका लागि ५ अर्ब डलर दिनुपर्ने एफटीसीले बताएको हो।  

एफटीसीले फेसबुकमाथि कानुन उल्लंघन गरेको आरोप लगाएको छ । उसले फेसबुकमाथि अन्य धेरै आरोप लगाएकोसमेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका । यी आरोप मध्ये फेसबुकमा यूजर्ससँग झुटो बोल्नु, गोपनीयतामाथि खेलवाड गर्नु र सुरक्षाका लागि यूजरले दिएका फोन नम्बरका माध्यमबाट विज्ञापन दिनु रहेका छन् । 

एफटीसीले फेसबुकमा यूजरलाई फेशियल रिकोग्निशनबारे पनि झुटो बोलेको आरोप लाएको छ । एफटीसीले आर्थिक जरिमानामात्र लगाएको छैन हरेक नयाँ उत्पादन र सेवाका लागि गोपनीयता समिक्षा गर्ने र यस्तो समिक्षा हरेक तीन महिनामा सीईओ र थर्डपार्टीलाई दिइने जनाइएको छ ।