मोरङ — नेकपा माओवादी केन्द्र  सुन्दरहरैँचा- ४ न. वडा समिले जनता संग एक घण्टा कार्यक्रम गरेको छ । आज असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रम अन्तरगत सामूहिक रोपाइँ कार्यक्रम गरेको हो  ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा  कोशी प्रदेशका पूर्वमन्त्री जीवन आचार्य, कोशी प्रदेशका अर्का पूर्व मन्त्री तथा माओवादी केन्द्रका मोरङ अध्यक्ष विजय विश्वाश,माओवादी केन्द्र कोशी प्रदेश सदस्य नवराज चापागाईं,माओवादी मोरङका नेताहरु ईश्वरीप्रसाद आचार्य,लता न्यौपाने,स्थानिय नेताहरु ज्योती अधिकारी,प्रेम खवास लगायतको उपस्थिति रहेको थियो । 

२१औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा विभिन्न स्थानमा सामूहिक धान रोप्ने काम भइरहेको छ ।