बैतडी - बैतडीमा घरको छतमा ट्रयाक्टर खसेको छ। मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर घरको छतमा खस्दा दुई बालिका घाइते भएका छन्। घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द  रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ। ट्रयाक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ। प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा चालक सामानया घाइते भएका छन्।