इटहरी —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताएका छन ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए।
त्यस्तै राप्रपाले नयाँ बन्ने नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारमा सहभागीता जनाउनेबारे पछि निर्णय लिने भएको छ।
पार्टीले संविधान संशोधनको पक्षमा पार्टीलाई उभ्याउने निर्णय पनि लिएको छ।
बैठकपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘हामी संविधान संशोधनको पक्षमा छौँ। नयाँ सरकारबारे परिस्थितिको मुल्याकंन गरेर मात्रै पछि निर्णय लिन्छौँ।’
राप्रपाले फेरिएको राजनीतिक समीकरणबारे पार्टी बैठकमा छलफल गरेको हो।संविधान संशोधनको एजेण्डा अघि सार्दै सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको समझदारी बनेको थियो। सो समझदारी अनुसार राप्रपाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।



















