काठमाडौं — उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको आराेप लगाएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।
उनले सुरुमा प्रधानमन्त्रीबाट कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको दाबी गरे ।
उपमहासचिव ज्ञवालीले कुनैपनि दललाई निषेध गर्नका लागि अहिलेको सहकार्य अघि नबढाइएको बताए। उनले भने,‘कसैलाई निषेध गर्न बनाइएको कुरा होइन।’
उनले प्रचण्डको नेतृत्वमा कांग्रेसले अघि जान सकिँदैन भनेपछि आफूहरू अघि बढेको बताए।



















