धादिङ । धादिङमा एक व्यवसायीको गाडीमा अपरिचित व्यक्तिले सुटकेश छाडेर हिंडेपछि तनाव भएको छ । नीलकण्ड नगरपालिका–३, बीच बजारस्थित आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ९१९२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद बस्तु छाडेर हिँडेको धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।
‘आज दिउँसो साढे ३ बजे गाडीको डीकी खोलेर शंकास्पद सुटकेश राखेको हामीलाई जानकारी आएको छ’, एसपी केसीले भने, ‘सुरक्षा सर्तकता अपनाएर त्यसलाई डिस्पोज गर्ने तयारी गरेका छौँ ।’ स्थानीयका अनुसार निलो टिसर्ट र खैरो पाइन्ट लगाएको व्यक्ति गाडीको छेउमा सुटकेश लिएर बसिरहेका थिए । घटनाले बजारबासी त्रसित बनेका छन् । उक्त क्षेत्रलाई प्रहरीले अहिले शिल गरेको छ । आसपासका पसलहरू समेत बन्द गर्न लगाइएको छ ।



















