काठमाडौं— राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन्  आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्  ।

सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको शृङ्खला सदनमा देखिएको उनले बताए  ।

शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । देशका हितमा नरहेका संविधानका बुँदाहरू परिवर्तन गर्न दलहरूलाई कसैले नरोकेको उनले बताए ।

उनले नयाँ दलहरूलाई पुराना दलहरूको विकल्पमा रूपमा जनताले मत दिएको भन्दै नयाँ दलहरू पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे । शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए ।