मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् ।
प्रदेश आन्तरिक मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दैे उनले मन्त्रिमण्डलमा फेरबदल हुने बताएका हुन् ।
उनले मन्त्रालयको सङ्ख्या भने नबढाउने पनि स्पष्ट पारे ।
उनले नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गरे । उनले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण हुने बताए।



















