काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आजै आह्वान गर्ने तयारी भइरहेको शीतल निवासले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपापछि पदमुक्त भएको जानकारी संसद सचिवालयबाट आइसकेको र सरकार काम चलाउ भएको राष्ट्रपति कार्यालयकै विज्ञप्ति समेत जारी गरिसकेकाे छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाइ सकेका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो।

शीतल निवास स्रोतका अनुसार आजै राति ९ बजेभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ।