काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणमै मन्त्रिपरिषदलाई पूर्णता दिएर सानदार सुरुवात गर्नुभएको छ ।

सत्ता साझेदार दलबीच किचलो भई लामो समयसम्म मन्त्रिपरिषद बिस्तार नै हुन नसक्ने घटना पटक पटक दोहोरिरहेको बेला प्रधानमन्त्री ओलीले सत्ता साझेदार नेपाली कांग्रेस र आफ्नो दल नेकपा एमालेसहित अन्य साना दलबाट समेत मन्त्री नियुक्त गरी शपथग्रहण समारोहमै मन्त्रिपरिषदलाई पुर्णता दिनुभएको हो ।

कुल २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले आज नै २१ जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद बिस्तार तथा पुर्णता दिनुभएको हो । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र बिष्णुप्रसाद पौडेलले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभयो ।

उपप्रधानमन्त्री सिंहले शहरी बिकाश र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

sapat-2081-768x512

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानी मन्त्री प्रदीप यादव हुनुहुन्छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी रहनुभएको छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहनुभएको छ ।

यसैगरी रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नियुक्त हुनुभएको छ । ओली सरकारमा प्रभावकारी र काम गर्न सक्ने नेतालाई मन्त्री बनाइएको छ । जनतामा छाएको चरम निरासा चिर्ने लक्ष्यका साथ मन्त्री छनोटमा नै दुवै दलले बिशेष ध्यान दिएका हुन ।

pm-oli-cabinet-minister