काठमाडौँ — नेकपा (एमाले)ले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल सरकारले प्राथमिकता दिनुपर्ने विषयसँग सम्बन्धित सुझाव बुझाउने भएको छ । पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटेर २ सय ३३ पृष्ठको सुझाव प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।
९९ वटा बुँदामा समेटिएको उक्त सुझाव प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बुझाउने तयारी भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।



















