काठमाडौं— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३२ जना मन्त्री तथा सांसद अहिले विदेश भ्रमणमा रहेको समाचार सार्वजनिक भएको छ। उनीहरू विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, संसदीय कार्यक्रम तथा द्विपक्षीय भ्रमणका क्रममा विदेशमा रहेका हुन्।
प्राप्त विवरणअनुसार रास्वपाका २० जना नेता तथा सांसद चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन पुगेका छन्। उनीहरूको टोलीको नेतृत्व महामन्त्री विपिनकुमार आचार्यले गरेका छन्।
त्यस्तै, केही मन्त्री तथा सांसद जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन टर्की पुगेका छन्। सांसद रञ्जु दर्शना र शोभा खनाल मलेसियामा छन् भने सांसद डा. तोसिमा कार्की फिलिपिन्सको मनिलामा छिन्। गृहमन्त्री सुधन गुरुङ दुबईमा रहेको समाचारमा उल्लेख छ।
एकैपटक ठूलो संख्यामा मन्त्री तथा सांसद विदेश भ्रमणमा रहेपछि सरकारको कामकारबाही र जनताका दैनिक समस्याको सम्बोधनबारे प्रश्न उठ्न थालेको छ।
अन्तर्राष्ट्रिय भ्रमण आवश्यक भए पनि त्यसको औचित्य, खर्च र उपलब्धिताबारे पारदर्शिता हुनुपर्ने आवाजसमेत उठेको छ।


