काठमाण्डौं — पहिरोसंगै आएको ढुङ्गा लागेर मृत्यु भएका चालक मेघनाथ विकको परिवारलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कमिटीले १ लाख १० हजार १ सय ५ रुपैया प्रदान गरेकोछ ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलो भन्ने स्थानमा गत असार २८ गते बिहान साढे २ बजे पहिरोसंगै आएको ढुङ्गा लागेर सुनवल नगरपालिका नवलपरासीका ३८ वर्षिय चालक विकको मृत्यु भएको थियो ।
रुपन्देहीको छपियाबाट काठमाण्डौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सको हिँडिरहेको बसको ड्राइभर सिटमा पहिरोबाट ढुङ्गा झरेर चालक विकको टाउको र ढाडमा बज्रिएको थियो । ढुङ्गा लागेर गम्भिर घाइते विकले बसलाई करिव ५० मिटर अगाडि सुरक्षित स्थानमा लगेर रोकेका थिए ।
यात्रुहरुको ज्यान जोगाउन सुरक्षित स्थानमा पुर्याएको भएपनि चालक आफुलेभने प्राणत्याग गरेका थिए । यात्रुको जीवन बचाएर आफु मरेका चालकलाई मरोपरान्त सम्मान र परिवारलाई राहतको माग गर्दै आइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लुम्बिनी प्रदेश कमिटी र भैरहवा काठमाण्डौं रुट इकाई कमिटीले संयुक्त रुपमा परिवारलाई नगद सहयोग गरेको हो ।
मृतक चालक मेघनाथ विककी आमा भानुमति विकलाई संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले नगद हस्तान्तरण गरेको हो । १४ वर्षदेखि यातायात मजदुरी प्रारम्भ गरेका विक करिव ११ वर्षदेखि चालक बनेका हुन् । बुवा गुमाइसकेका विक आमा, दाजु तेज विक र भाउजू संगीता विकसंग संगोलमा बस्दै आइरहेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका साधारण सदस्य रहेका विकको आज बुधबार १३ औं तिथिका दिन संगठन परिवारको तर्फबाट श्रद्धाञ्जली सहित परिवारलाई समवेदना जाहेर गर्न विकको निवास सुनवल पुगेका थिए ।
दिवंगत चालक विकलाई मरनोपरान्त राष्ट्रि सम्मान गर्न समितिको सिफारिस
ढुङ्गा लागेर घाइते भएका चालक मेघनाथ विकले यात्रुहरुको सुरक्षालाई ख्याल गर्दै घटनास्थलबाट ५० मिटर पर सुरक्षित स्थानमा बस रोकेर यात्रुको ज्यान बचाएकामा विकलाई साहसी चालकका रुपमा मरनोपरान्त राष्ट्रिय सम्मान गरिने भएकोछ ।
सिमलताल घटनाको अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको सहसचिव छबि रिजाल नेतृत्वको कार्यदलमा रहेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कार्यदलको बैठकमा प्रस्ताव राखेपछि यक्त सम्मानका लागि गृह मन्त्रालय तयार रहेकोछ ।
कार्यदलको बैठकले प्रस्ताव गरेको सम्मानको विषयलाई गृह सचिव एकनारायण अर्यालले सहर्श स्विाकार गर्दै वास्तवमै चालकले सम्मानयोग्य काम गरेको भन्नुहुँदै मरनोपरान्त सम्मान स्वभाविक रहेको बताउनु भएको थियो ।
घटना लगतै विज्ञप्ती जारी गर्दै चालकलाई मरनोपरान्त राष्ट्रिय सम्मान गर्दै चालकको बहादुरीलाई राष्ट्रले सम्मान गर्नुपर्ने सरकारसंग अपिल गरिएको थियो आज तीनवटै संगठनहरुको आवाजलाई सरकारले सुनेकोछ यस कामले देशभरीका यातायात मजदुरहरुको प्रतिष्ठा उच्च हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभयो ।




















