काठमाडौं । अब जेलबाट भाग्नेहरुलाई फा’सी दिइने भएको छ । उत्तर कोरियामा कारागारबाट भाग्ने प्रयास गर्ने कै’दीलाई सार्वजनिक स्थलमा फा’सी दिने भइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवअधिकार हननका घटना पेश गरिएको एक प्रतिवेदनका आधारमा उत्तर कोरियामा फलामबाट बनेको छड्ले कै’दी ब’न्दीलाई कु’टपि’ट गर्ने गरेको खुल्न आएको छ ।

महासचिव गुटेरेसले हिरासतमा राखिएका मानिसहरुमाथी यौ’न दु’व्र्यवहार हुने गरेको पनि उल्लेख गरिएको छ । राष्ट्रसंघीय महासभामा पेश गरिएको प्रतिवेदनमा सुरक्षा गार्डले कै’दीहरुका कपडा खोल्न लगाएर पैसा र लुकाएर राखिएका अन्य सामान पत्ता लगाउन चर्को या’तना दिने गरेको बताइएको छ । हि’रासत कक्षमा क्षमताभन्दा बढी कै’दी–ब’न्दीहरु राखेकाले उनीहरुलाई पेटभरी खानसमेत नदिएको भनिएको छ ।

धेरै कै’दीब’न्दी भएकै कारण उनीहरुले सुत्न पनि पाएका छैनन् । महासचिव गुटेरेसका अनुसार कै’दी ब’न्दीहरुमा कुपोषण, स्वास्थ्य समस्यासँगै केही कै’दीहरुको हिरासत कक्षमै मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्तर कोरियामाथि मानव अधिकार हनन गर्दै आएको आरोप लाग्ने गरेको छ ।