काठमाडौं —प्रतिनिधिसभाको भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले २०८१ भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी गराउनुभयाे।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्ने गरी बोलाइएको छ।

प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन चाहने सांसद्ले भदौ २ गते दिउँसो २ बजेभित्र प्रश्न प्रतिनिधिसभाको सचिवलाई बुझाउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए ।

बुधबारको प्रतिनिधि सभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरेका थिए।