काठमाडौं — एकीकृत समाजावदीमा एक जना नेता थिए खुवै चर्चामा आएका ।  तर,  ती नेता अहिले  गहिरो संकटमा फसेका छन् । पैसाको बलमा पार्टीमा पुरै दबाब सिर्जना गरेका ती नेता अरु  कोही नभएर प्रेम आले हुन् ।

एकीकृत ससमाजवादीभन्दा पहिला एमालेमै पोलिटब्युरो सदस्य  भइसकेका आले अहिले  एसको केन्द्रीय सदस्य समेत भएनन् । 

त्यसो हुनुको कारण आलेको आफ्नै कारण हो । उनले महाधिवेशन नै बहिस्कार गरेपछि पार्टीले केन्द्रीय सदस्य बनाउने कुरा भएन । उनले एसको महाधिवेशन बहिस्कार गर्नुको कारण चाहिँ चाँडै एमालेमा जाने तयारीसँग जोडिएको थियो । त्यसका लागि पार्टीका अन्य सांसदहरु धनबहादुर बुढासहितका नेताहरुसँग छलफल पनि चलाए ।

बुढालाई समेत प्रभावमा पारेर महाधिवेशन बहिस्कार गर्न लगाए । अनि, निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीसँग छलफल पनि गरे । तर, परिस्थिति उनले सोचेजस्तो भएन । आयोगले सहजै एमाले प्रवेशको लागि बाटो नरहेको सन्देश दियो ।

अनि, पार्टी विभाजनका लागि संख्या पुर्‍याउन पनि समस्या भयो । विद्यमान कानुन अनुसार पार्टी फुट्न समस्या रहेको छ । अनि, अध्यादेश ल्याउन पनि समस्या रहेको छ । तत्काल अध्यादेश आउने सम्भावना पनि देखिएको छैन । एसलाई फुट्न नदिन सरकारका रहेको ठूलो दल कांग्रेसले पनि अध्यादेश ल्याउन प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्ने सम्भावना देखिएको छैन । त्यसैले अहिले प्रेम आले भने निकै संकटमा परेका छन् । डोटीबाट निर्वाचित सांसद आलेसँग अहिले सांसद धनबहादुर बुढाले भने साथ दिएका छन् । बाँकी कोही पनि नेता उनको साथमा छैनन् ।  

अध्यक्ष माधव नेपालको कोटेश्वर निवास र पार्टी कार्यालयको दैलो पनि बन्द  भइसकेको छ । अझ कतिपय संसदीय दलको बैठक पनि उनी आउन छोडी सकेका छन् । एससँग निर्वाचित सांसद बाहेकको कुनै पनि सम्बन्धमा नरहेका आले न एमालेमा जान सके न त एसमै रहन सक्ने अवस्था आयो । आफै विलखबन्दमा परेका आलेलाई देखेर नै एसका केही सांसद भने अहिले मौन बस्न थालेका छन् । –न्यूज कारखाना