विराटनगर — नेपाल इन्जिनियर्स एसोसिएनको कोशी प्रदेश तेस्रो कार्यकारणीको निर्वाचनका लागि सयुत्त प्रगतिशिल समुहले कोशी प्रदेशको निर्वाचन लक्षित छलफल तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । शनिबार नेकपा एमाले पार्टी संग बामपन्थी समुहका इन्जिनियरहरुको सयुत्त प्रगतिशिल प्यानलका उम्मेदवारहरुको परिचयात्मक तथा छलफल भएको हो ।
विराटनगरमा भएको उक्त छलफलमा निर्वाचनको अभियानको बारेमा हाल सम्मको अपडेट गरिएको,समुहले उठाएका मुद्दाका सबाल र पार्टीबाट निर्वाचनको सन्दर्भमा अपेक्षित कुराहरुको बारेमा छलफल गरीएको प्रगतिशील समुह तर्फका सभापतिका उम्मेदवार ई.प्रदीप नेपालले धारणा राखे । छलफलमा पिनका केन्द्रीय महासचिव डा.भेषराज थापाले समग्र पिन अहिले चुनावमा होमिएको केन्द्रको रणनिती ,केन्द्रीय चुनावको परिदृश्य तथा प्रदेशको अहिलेको अवस्था विषयमा राखेका थिए । उनले केन्द्र देखि प्रदेशको चुनावमा सफलता हासिल गर्नलाइ पार्टीले महत्त्वपूर्ण भुमिका खेलिदिनु हुन आग्रह पनि गरे । त्यस्तै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीको तर्फबाट निर्वाचनमा सयुत्त प्रगतिशिल प्यानलका उम्मेदवारहरुलाई जिताउन कुनै पनि कुरामा पछि नहट्ने कुरा व्यक्त गरे ।
उक्त कार्यक्रममा सयुत्त प्रगतिशिल प्यानलका उम्मेदवारहरु सबै उम्मेदवारले आफ्नो परिचय समेत दिएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव पुर्व उपप्रधानमन्त्री ई. रघुबिर महासेठ, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की, पार्टीका केन्द्रिय सदस्यहरु, एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा,प्रदेश कमिटी सदस्यहरु,नेकपा एमाले १४ जिल्लाका जिल्ला अध्यक्षहरु, पिन महासचिव भेसराज थापा,पिन केन्द्रीय सदस्य सन्दिप दाहाल, पिन मोरन्ङ जिल्ला अध्यक्ष रमेश थापा, प्रगतिशील समुहका उम्मेदवारहरु लगायतहरुको उपस्थिती रहेको थियो।
नेपाल इन्जिनियर्स एसोसिएनको कोशी प्रदेशको भदौ २८ गते तेश्रो कार्यकारणीको निर्वाचन हुदैछ । उक्त निर्वाचनमा नेकपा एमाले निकट पिन,मावोवादी केन्द्र निकट नियोन र नेकपा एस निकट सिनको संयुक्त प्यानल बनेको सचिवका उम्मेदवार सन्जयकुमार झाले जानकारी दिए ।
उक्त प्यानलको नेतृत्व पिनका कोशी प्रदेश अध्यक्ष ई.प्रदीप नेपालले गरेका छन् । प्रदेश केन्द्रीय सदस्यमा इ. पवनकुमार झा रहेका छन् । १६ सदस्यीय रहेको समितिको उप-सभापतिमा ई. राजेश कुमार लाभ रमण,सचिवमा ई.संजय कुमार झा,सह-सचिवमा ई.शाँग्रिला लामा,कोषाध्यक्षमा शोभित घिमिरे रहेका छन् त्यस्तै सदस्य पदका उम्मेदवारहरुमा ई. सागर बुढाथोकी,ई. अजेय राज श्रेष्ठ,ई. विशाल श्रेष्ठ,ई. राजु अन्सारी,ई. उमेश शाह,दिपांकर प्रसाद भगत, ई.सुमन दाहाल,लक्ष्मी आलेमगर,ई. चन्द्र प्रसाद आचार्य, ई.केवल परियार रहेका छन् ।



















