लेटाङ — धरान-१६ निवासी ४५ वर्षीय नेत्र पहाडीले  चतराको कोशी पुलबाट हाम फालेर आत्महत्या गरेका छन्। परिवारजनका अनुसार, श्रीमतीलाई ठूलो आन्द्राको समस्या देखिएपछि उपचारका लागि आवश्यक खर्च जुटाउन आर्थिक संकटको सामना गर्नुपरेको थियो।

उनले बराह सहकारीमा रहेको पैसा फिर्ता नपाउँदा झन् तनाव र दबाबको सामना गरेका थिए। यही तनावले उनलाई यस्तो कठोर निर्णय लिन बाध्य बनाएको परिवारजनको भनाइ छ। घटनास्थलमा अहिले सम्म उनको घडि र मोबाइल फोन मात्र फेला परेको छ। 

अहिले स्थानीय प्रशासन र प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन्। यस दुःखद घटनाले समाजमा आर्थिक समस्याले निम्त्याउन सक्ने गम्भीर परिणामहरूबारे सोच्न बाध्य बनाएको छ।