विराटचोक — मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर ८ वर्षीय बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको हो ।
तुलसा कानेपोखरी गाउँपालिका – ६ स्थित आफ्नी फुपू उषा मगरको घरमा बस्दै आएकी थिइन् । बालिकाको घर पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा हो ।
उनी घरदेखि करिब डेढ किलोमिटर टाढा रहेको खोलामा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।




















