काठमाडौं—एकीकृत समाजवादीभित्र नेतृ रामकुमारी झाँक्री एमाले नेतासँग निकट रहेको आरोप लागिरहेका बेला सचिव योगेश भट्टराईले उनका लागि उपयुक्त पार्टी एमाले नै भएको बताएका छन् ।
विगतमा पार्टी र विद्यार्थी संगठनमा लामो सहकार्य गरेका तर २०६८ पछि एमाले विभाजनपछि अलग पार्टीमा रहेका छन् ।
‘रामकुमारी झाँक्रीजीका लागि एमाले उपयुक्त पार्टी थियो र अहिले पनि छ,’ उनले भने, ‘एमालेमा उहाँको योगदान छ । यो पार्टीमा फर्कन उहाँलाई ढोका बन्द छैन ।’
एमाले फर्कनेबारे गम्भीर छलफल नभए पनि उपयुक्त पार्टीमा फर्किन उचित हुने सुझाव उनले दिए । पछिल्लो समय झाँक्रीले एकीकृत समाजवादी बलियो पार्टी बनाउन नसक्ने हो भने एमालेसँग एकता गर्न सकिने धारणा राख्दै आएकी छन् ।
सर्वसम्मतका नाममा मनोनीत केन्द्रीय सदस्यले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई महिला उपाध्यक्षमा पराजित गरेका छन्। उनी नेतृत्व जयन्ती राईसँग पराजित भइन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रविरुद्ध रगत बगाएकी, एमालेमै रहँदा अध्यक्ष केपी शर्मा ओलीको शैलीविरुद्ध लडेकी एकीकृत समाजवादी बनाउन महत्वपूर्ण भूमिका खेलेकी झाँक्रीलाई अन्ततः मुख्य नेतृत्वको डिजाइनमा पराजित गरिएको छ ।



















