काठमाडौं—नेकपा (एकीकृत समाजवादी) को पदाधिकारीमा चुनाव हारेका केही चर्चित नेता पोलिटब्यूरो सदस्यमा भने विजयी भएका छन ।
महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री,मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा सचिवमा पराजित विरोध खतिवडालगायतका नेता पोलिटव्युरो सदस्यमा भारी मतका साथ विजयी भएका छन् ।
एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको छ। विरोध खतिवडा सबैभन्दा धेरै २०५ मत ल्याएर पोलिटब्यूरोमा विजयी भएका छन् । रामकुमारी झाँक्री चौथो स्थानमा रहेर चुनाव जितेकी छन् ।






















