• दुर्गाप्रसाद  खरेल 

विराटचोक — मोरङको सुन्दरहरैँचा -१० मा रहेको धनवन्तरी जडिबुटी उत्पादक सहकारी संस्थाले छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको छ । संस्थाले बिहिबार  सुन्दरहरैचा-१० स्थित बगझोडामा जडिबुटी खेती संग सम्वन्धित सरोकारवाला संग छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको हो । 

संस्थाले अहिले सुकुना सामुदायीक वन क्षेत्रमा सुरु गरेको जडिबुटी खेतीलाई प्रवर्धन गर्ने उदेश्यका साथ छलफल तथा अन्तक्रिया कार्यक्रम गरीएको संस्थाका सचिव मदनप्रसाद आचार्यले जानकारी दिए । उनले सहकारी संथाको माध्यमबाट जडिबुटी खेतीले उत्पादन र रोजगारी वृद्धि हुने कुरा व्यक्त गरे । 

कार्यक्रममा प्रमुख अतिथि जडिबुटी सहकारी संघका केद्रीय अध्यक्ष इश्वरी पाण्डेले सुन्दरहरैचामा पनि धेरै मेहेनेतका जडिबुटी उद्पादन जोड दिनु भएकोमा प्रशंशा गर्दै यसका लागि केन्द्रले सक्दो सहयोग गर्ने वाचा गरे । त्यस्तै कोशी प्रदेश जडिबुटी संघका अध्यक्ष शंखध्वज सावाले जडिबुटी खेति गर्न चुनौतीहरु रहेपनि धेरै सम्भावाना रहेको कुरा व्यक्त गरे । उनले सिचाई उत्पादन र वाजारीकारणमा रहेको प्रकाश पारे । 

कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख हेमन्त पराजुली,इन्द्रपुर खानेपानी तथा सरसफाई संथाका अध्यक्ष नवराज चापागाईं,सुकुना सामुदायीक वन समितिका अध्यक्ष तुलशीप्रसाद रिमाल,स्थानिय युवा महेश आचार्य लगायतले महत्वपूर्ण सुझावहरु दिएका थिए । सोही वडाका जनप्रतिनिहरु,स्थानिय समाजसेवीहरु लागायतको उपस्थिति रहेको थियो ।

करिव ८ वर्ष देखि जडिबुटी खेतिका लागि पहल गर्दै आएको धनवन्तरी जडिबुटी उद्पादक सहकारी संस्थाले सुकुना सामुदायीक बन संग २० हेक्टर जमिन सम्झौता गरीएको  धनवन्तरी जडिबुटी सहकारीका अध्यक्ष दीनानाथ भट्टराईले जानकारी दिए । सम्झौता गरीएको उक्त जग्गाको साढे चार हेक्टरमा करिव तीन महिना अघि बेसार र सुगन्धित बावरी खेती सुरु  गरिएको भट्टराईले बताए । 

 जडिबुटीले धेरै दीर्घ रोगहरुमा लाभदायक हुने भएकोले दिनदिनै यसको आवश्यकता बढ्दै गएको छ ।सुन्दरहरैचामा पनि यो खेती सुरु गरे संगै आर्थिक उपार्जनमा राम्रो टेवा पुग्ने देखिन्छ । यस जडिबुटी खेतीलाई कोशी प्रदेशकै नमुना उद्यमको रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको र स्थानिय सरकारले पनि यसको विकासको लागि पहल गर्नु पर्ने बताइएको  छ ।