काठमाडाैं —पेट्रोलियम पदार्थको भाउ घटेकाे छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल तथा डिजेलमा प्रतिलिटर १-१ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ । घटाइएकाे भाउ आज राति १२ बजेदेखि लागू हुनेछ ।

हवाई इन्धनकाे भाउ पनि घटाइएकाे निगमले जनाएकाे छ । खाना पकाउने एलपी ग्यासकाे भाउ भने यथावत राखिएकाे छ ।