डडेल्धुरा, २७ साउन । डेल्धुराबाट तीन लाख घुसससहित एक वन अधिकृत पक्राउ परेका छन् ।
अख्तियारको टोलीले गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सव–डिभिजन कार्यालय विपिनगर डोटीमा कार्यरत सहायक वनअधिकृत सुरेशचन्द्र डिसीलाई तीन लाख २६ हजार घुससहित पक्राउ गरेको हो ।
आइतबार साँझ विषेश सूचनाको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीलाई घुससहित पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




















