काठमाडौं —नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रले नै पार्टी बिभाजन हुने बिन्दुमा पुगेको खुलासा गरेका छन ।
माधवका गृहजिल्ला रौतहट जिल्लाकै बासिन्दा समेत रहेका विश्वासपात्र डा. बंशीधर मिश्रले पार्टी विभाजनकै अवस्थामा पुगेको र असन्तुष्ट समुहका रहेका नेताहरु नेकपा एमालेमै जाने निश्चित भएको खुलासा गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको निर्णयबिपरित अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पार्टीमा इमान्दार र प्रभावशाली ब्यक्ति रोक्न आफूले छानेको ब्यक्तिबाट केन्द्रीय कमिटीको नाममा पदाधिकारी र स्थायी कमिटीको चुनाव गराएपछि चरम असन्तुष्टि छाएको छ ।
बिभाजनकालमा माधवलाई दह्रो साथ दिएका सवैजसो नेताहरु ‘पार्टी फुटाएर माहागल्ती गरिएछ, माधव त मान्छे भन्न लायक पनि रहेनछन’ पछुताउन थालेका छन भने अध्यक्ष नेपाललाई दशैंको मुखमा भन्दै पार्टी एकता जोगाउन भन्दै २ बुँदे ज्ञापनपत्र थमाएका छन ।
माधवलाई ज्ञापनपत्र बुझाउने समुह अव पार्टीमा नबस्नेनिश्कर्षमा पुगको तथ्यलाई सो पार्टीका नेता मिश्रले खोलेका छन् । ‘पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको छ,’ निजी क्षेत्रको समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता मिश्रले भनेका छन । मिश्रले सो समुह सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् ।
‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान भन्नसक्ने अवस्था छैन । जान सक्छन । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं’, मिश्रले भनेका छन, ‘सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरुबाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’ मिश्र लामो समयदेखि माधवको सहयोगीका रुपमा स्थापित नेता हुन् ।
उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको तथ्यलाइृ अव कसैले पनि अस्वीकार गर्न नसक्ने तथ्यले प्रमाणित गरिसकेको निश्कर्ष पनि सुनाएका छन । उनले नेकपा एकीकृत समाजवादीभित्रको चरम निराशा र असन्तुष्टि हल हुने तहमा नरहेको पनि खुलासा गरेका छन् ।
अध्यक्ष नेपाल स्वयं पनि पार्टी सकिने भयो भन्दै निकै चिन्तामा रहेको खुलासा जनताटाइम्स डटकमले यसअघि नै गरिसकेको छ । नेपाल निद्रामा समेत बर्बराउन थालेको र दशैंमा टीका लगाउन आएका नेता–कार्यकर्तालाई समेत एमालेमा नजाने शक्ति मिलोस भन्दै केपी ओलीबिरुद्ध बिषबमन भएको पाइएको छ । जनताटाइम्स डटकमबाट



















