काठमाडौं—सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।



















