दाङ । दाङमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ परेका छन्। गढवा गाउँपालिका-१ बडहरा घर भएका ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।