कोपनहेगेन् — डेनमार्कको कोपन्हेगनमा सातौँ खुला ओएनएफ कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रवासी नेपाली मन्च डेनमार्कको आयोजनामा आइतबार  बिहान ९ बजे बाट बेलुका ९:३० बजे सम्म खेलाइएको हो । 

लिग सिस्टममा खेलाईएको उक्त प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ वटा टिमहरुको सहभागीता रहेको प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष  राघवेन्द्र  प्रताप सिंह कार्की (रोविन)ले जानकारी दिए ।

प्रतियोगितामा महिला तर्फ मोना "ए "डेनमार्क विजेता र मगर समाज डेनमार्क उपविजेता भएका छन् । त्यसैगरी पुरुष तर्फ नेपाली ब्रोदर "ए " ले उपाधी मा बाजि मार्‍यो भने मोना "A" उपविजेतामा रोकिन पुग्यो । 

नेपाल भलिबल एसोसिएसन डेनमार्क(NVA) को प्रवाधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा महिला तर्फको खेलमा मोना 'ए' की टिना पाईजा उत्कृष्ट खेलाडी घोषित भएकी छन् भने पुरुष तर्फ नेपाली ब्रोदर्स "A"का नरेश भाट उत्कृष्ट खेलाडी भएका छन् । त्यसैगरी मोना "ए "बाट सिजन केसी उत्कृष्ट सेटर भएका छन् भने मोना "ए"का बिमल सुनार उत्कृष्ट स्पाईकर भएका छन् ।

Untitled-5 (3) 5प्रतियोगितामा विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डेनमार्कको लागि नेपाली कार्यवाहक राजदुत सावित्रा ओली र आयोजक कमिटीका अध्यक्ष  राघवेन्द्र  प्रतापसिंह कार्की 'रोविन' लगायत अन्य संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको हातबाट पुरस्कार वितरण गरिएको थियो । 

 पुरुष तर्फ़ विजेता खेलाडीलाई नेपाली २ लाख नगद ,शिल्ड मेडल प्रमाणपत्र र उपविजेतालाई एक लाख शिल्ड मेडल प्रमाणपत्र गरिएको थियो । त्यसैगरी महिला तर्फ़ विजेता खेलाडीलाई ६० हजार शिल्ड मेडल प्रमाणपत्र र उपविजेता ३० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

 उक्त प्रतियोगिताको संयोजक भुवनध्वज थापाले टुर्नामेन्ट अवधि भर आयोजक कमिटीलाई प्राविधिक रुपमा सहयोग गरेका थिए । खेलकुद विभाग प्रमुख अमृत रिजालले खेल व्यवस्थापनमा सहयोग गरेका थिए ।

कार्यक्रममा सहयोगी तथा सहभागी सम्पुर्ण खेलाडी/टिमहरुलाई अध्यक्ष कार्कीले विशेष धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । 

कार्यक्रममा नेपाल भलिबल एसोसिएन(NVA)डेनमार्कका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम अत्यन्तै उत्साह पुर्ण भएको भन्दै खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर सिर्जना गरेकोमा आयोजक कमिटीलाई धन्यवाद समेत दिएका थिए ।

खेलको उद्घाटन ओएनफ डेनमार्क अध्यक्ष रबिन कार्की गैर आवसिय नेपाली संघ आइसीसी सदस्य दिपक रिजालले संयुक्त रुपमा खेलको उदघाटन गरेका थिए ।

Untitled-5 (5) 4Untitled-5 (7) 5Untitled-5 (6) 5

Untitled-5 (8) 2

Untitled-5 (4) 3