कोपेनहेगन,डेनमार्क — डेनमार्कको कोपेनहेगनमा प्रवासी नेपालीहरुले धुमधामका साथ् देउसी भैलो कार्यक्रम गरेका छन् । प्रवासी नेपाली मन्चको डेनमार्कको आयोजानामा कोपेनहेगन तथा आसपास क्षेत्रको विभिन्न ठाउँहरुमा शनिबार देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो । 

यस कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो, जसमा डेनमार्कमा बसोवास गर्ने नेपाली महिला तथा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो। यो उपस्थितिले प्रवासमा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने संस्थाको पवित्र उद्देश्यमा ठूलो योगदान पुर्याएको अध्यक्ष राघवेन्द्र प्रताप सिं कार्की (रोबिन)ले बताए। उनले सम्पूर्ण नेपाली समाजप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली कला र संस्कृति जगेर्ना तथा नेपाली मनहरूलाई जोड्ने कार्यमा संस्था निरन्तर अघि बढ्ने आश्वासन पनि दिए ।

Untitled (1)संस्थाको कला, साहित्य तथा सांस्कृतिक विभागका प्रमुख किरण दीपको नेतृत्वमा गायन, नृत्य र बाद्दबादनमा अत्यन्त्यै प्रभावसाली कलाकारहरु को टोली सहित लाईभ गीत, संगीत र नृत्य हरुको पृथक तथा उत्कृष्ट प्रदर्शन गरिएको सांस्कृतिक देउसी टोलीले नीरज कठायत (युलिङ भाइ)को घरबाट देउसी-भैलोको पहिलो दिन सुरु गरेको थियो। उक्त दिन ईसोए कम्युन मा बस्ने नेपालीहरुले आयोजना गरेको सामुहिक देउसी भैलोमा जोडदार प्रस्तुती सहित, कोपनहेगनका बिभिन्न सहरहरुमा देउसी खेल्दै बेल गुरुङ (भ्याल्वी)को घरमा कार्यक्रम सम्पन्न गरिएको थियो।

Untitled (3) 1दोस्रो दिन मन्चका संस्थापक अध्यक्ष घनश्याम गौतमको घरबाट सुरु भएको देउसी भैलो कोपेनहेगन नगर परिषद सदस्य हरि नेउपानेको घर हुदैँ मन्चमा आबद्द अग्रजहरु, निवर्तमान अध्यक्ष, सचिव  र मन्चका सदस्य तथा समर्थकहरुको घरआगन हुँदै जन सम्पर्क समिति डेनमार्कका सभापति  यादव बस्नेतको घर हुसुममा, जनसम्पर्क समिती डेनमार्कका पदाधिकारी तथा सदस्यहरु, एनआरएनए डेनमार्कका महासचिव  नबिन आचर्य सम्मिलित देउसी-भैलो टोली संग सामुहिक रुपले देउसी भैलो खेल्दै कार्यक्रमको समापन गरिएको संस्थाका संगठन विभाग प्रमुख तथा देउसी-भैलो कार्यक्रमका इभेन्ट म्यानेजर सुरेश पुनले जानकारी दिए ।

Untitled (4) 1यसैगरी, मगर समाज, नेपाली सांस्कृतिक केन्द्र, जनसम्पर्क समिती, एनआरएनए, नेपलिज क्रिएटीभ वुमन इन डेनमार्कलगायत विभिन्न संघ-संस्थाले पनि विभिन्न स्थानहरूमा देउसी कार्यक्रम आयोजना गरेकाले यसपालि तिहारको झल्को पूरै डेनमार्क भरि देखिएको थियो।

Untitled (7)

Untitled (8)
Untitled (5) 4
Untitled (6)