विराटचोक — प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वटा पालिकाहरुलाई सम्मान गरेका छन् । मंगलबार भएको सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा सुन्दरहरैँचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुुख खड्गबहादुर खड्का रहेका छन् ।
विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ । सोही क्रममा आ–आफ्नो पालिकामा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सुरक्षा कोषमा समावेश गर्न थालनी गरेको भन्दै यी पालिकाहरुलाई सम्मान गरिएको बताइएको छ ।



















