धरान — कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् । सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । 

सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् । 

बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी,  नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरुको टोलीले सेउतीदेखि तरहरासम्मको सडकको अनुगमन गरेका थिए । 

May be an image of 1 person, skateboard, fog, road and streetअनुगमनका क्रममा देखिएको सडकको अवस्था

अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटीहरु व्यापक रहेकाछन् सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा विटविन् (अलकत्रा) र डस्ट (ढुङ्गाको धुलो) कम भएको वा तापक्रम नमिलाइएकोले भएको बताए । 

सडकको पिच उकिएको र मसिना मसिहना टुक्रा उडेको अवस्था छ अब यसलाई सच्याउनका लागि ठुला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नु पर्ने महतोले बताए । 

टोलीमा सहभागी अर्का इन्जिनियर डि क्षेत्रीले यति ठुलो र अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले यस्तो गम्भिर कमजोरी भएको बताए । उनले भने यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनु पर्नेमा त्यसो नहुँदा यस्तो लापरवाही भएको बताए । 

इन्जिनियरहरुका अनुसार कोशी राजमार्गको सडकको मोटाई १०० एमएम हो अहिले विछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइ समेत कम रहेको र हाल रहेको ६ं० एमएमको (डिभिएम) मै सडको पिच भत्किनु गम्भिर त्रुटी रहेको औल्याएकाछन् । 

उनिहरुका अनुसार अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भएपनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउने बताए ।

May be an image of 6 people, road and fog