धरान —नेकपा (एमाले)ले धरान उपमहानगर-८ स्थित लाङ्घाली टोलमा कमिटी गठन गरेको छ । सोमबार भएको टोल भेलाले प्रदिप शर्माको अध्यक्षमा ११ सदस्यिय टोल कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा भक्तबहादुर प्रधान, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा गोविन्द गहतराज चयन भएका छन् ।
त्यसैगरी कमिटीका सदस्यहरूमा कमल प्रधान, इन्द्र प्रधान, ज्ञानु बस्नेत, चम्पा श्रेष्ठ, दिलबहादुर आले मगर, बमबहादुर बस्नेत र मोहा बस्नेत रहेका छन् ।
नेकपा (एमाले) कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उप प्रमुख भीमज्वाला राईको प्रमुख आतिथ्यता रहेको भेलामा,पार्टी सुनसरी सदस्य तथा धरान-८ का इन्चार्ज नारायण सुवेदी, धरान-८ का वडा अध्यक्ष धनबहादुर राई, पार्टी धरान नगर सदस्य टेकबहादुर कन्दङवा लगायतको उपस्थिति रहेको थियो ।

























