विराटचोक— मोरङको सुन्दरहरैँचाका गुरुङ समुदायले आफ्नो प्रमुख चाड तमु ल्होसार विविध कार्यक्रम गरी भव्य रूपमा मनाएका छन्। आफ्नो जातिय भेषभुषा र पहिरनमा सजिएर सहभागि भएका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने परम्परागत र सांस्कृतिक महत्व राख्दै सुन्दरहरैंचा नगरपालिका-५ स्थित नेपाल खडग बौद्ध गुम्बामा मनाएका हुन् ।

Untitled-3 (2)नेपाल खडग बौद्ध गुम्बा सेवा समितिले आयोजाना गरेको उक्त पर्वमा गुरुङ समुदाय महिलाहरुले शिरवन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएए कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा सहभागिहरु तथा अतिथिहरुलाई शुद्व शाकाहारी खानाका परिकारहरु खिर, रोटी,फ़िउङ्गेको अचार खुवाइएको थियो । 

Untitled-3 43उक्त पर्वको अवसरमा नगर उपप्रमुख अकली चौधरीले उदघाटन गर्दै शुभकामना व्यक्त गरिन्। कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख चौधरीले गुम्बाको विकास र संरक्षणका लागि थप पहल गर्ने प्रतिवद्धता जनाइन । 

सोही अवसरमा,कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तमाङले उक्त बौद्ध गुम्बा सबै समुदायको सम्पत्ति भएको भनाइ राख्दै गुम्बाको विकासका लागि संघीय सांसद डा. शेखर कोइराला संग पहल गर्ने कुरा व्यक्त गरे ।

Untitled 47त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेशका सल्हाकार ज्ञानेन्द्र ओझाले तमु ल्होसार पर्वको बारेमा आफ्नो धारणा राख्दै उक्त गुम्बा निर्माणमा सोही निर्वाचन क्षेत्रका तत्कालिन सांसद एवम पूर्वमन्त्री लालबाबु पण्डितले २५ लाख रकम विनियोजन गरेको कुरा स्मरण गराए । नेता ओझाले बासबारी तीनपैनी सडक देखि गुम्बा सम्मको बाटो मेयर  केदारप्रसाद गुरागाईंको पहलमा निर्माण भएको र गुम्बा अगाडिको चौरीमा मंच निर्माण गर्नु पर्ने आवश्यकता रहेको, त्यसका लागि नगरपालिका संग पहल गर्ने कुरा व्यक्त गरे । 

Untitled (1) 48कार्यक्रममा सुन्दरहरैंचा-५ का वडाध्यक्ष गणेश चौधरीले आफु निर्वाचित भएको पहिलो वर्षमै गुम्बाको कम्पाउण्ड निर्माणका लागि ५ लाख बजेट छुट्याइएको र चालू आर्थिक वर्षमा थप ५ लाख बजेट विनियोजन गरिएको बताए।

Untitled (2) 46कार्यक्रममा गायक तथा राष्ट्रिय जन साँस्कृतिक माहासंघ नेपालका केन्द्रीय सदस्य बालकृष्ण सिंग्देल,वडा सदस्य घनश्याम घले,श्याम खनाल, इन्दिरा चापागाईं  लगायत स्थानिय समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।  

नेपाल खडग बौद्ध गुम्बा सेवा समिति सुन्दरहरैंचा-५ का अध्यक्ष चक्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई गंगादेवी गुरुङले संचालन गरेकी थिइन् ।

Untitled-3 (3) 1Untitled-3 (1) 4