काठमाडौँ—त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ ।

आधा समय उडान गरिसकेको विमानमा समस्या आएपछि ११ः२५ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको गर्न सफल भएको छ ।

उक्त विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु पर्ने अवस्था सिर्जना भएको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।

विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले बताएको छ ।

सफल अवतरण गरेपछि सकुशल रहेका यात्रुहरुलाई अर्को विमानमा राखेर भद्रपुर पठाउने तयारी गरेको कम्पनीले जनाएको छ ।