बाल्टिमोर—नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अमेरिकाको मञ्चको चौंथो राष्ट्रिय अधिवेशन आगामी जुन ७–९ तारिकमा टेक्सस राज्यको ड्यालसमा हुने भएको छ । यही जनवरी ४ तारिक सम्पन्न ओएनएफ अमेरिकाको बिस्तारित बैठकले सो निर्णय गरेको हो ।
बैठकले चौंथो अधिवेशनलाई भब्यतापुर्बक सफल पार्न उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वम मूल ब्यबस्थापन कमिटी गठन गरेको छ । कमिटीको सचिवमा विजय भट्टराई तथा सदस्यहरुमा भुवन अधिकारी, मणि भण्डारी, संजय केसी, शंकर लुन्गेली, नेत्र पाण्डे, राजु नेपाल, मधुसुधन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहेका छन् । त्यसैगरी अर्का उपाध्यक्ष गोपाल कँडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन कमिटी गठन गरिएको छ ।
सो कमिटीमा गोबिन्द खनाल, विजय भट्टराई, डिबी राउत, कृष्ण आचार्य, केदार पहारी, मोहनी डुम्रे, अजय कुसवाह, प्रकाश बस्नेत, उपेन्द्र राउत, सुनिल ताम्राकार र नारायण ढुंगाना सदस्य रहेका छन् । बैठकले अर्का उपाध्यक्ष मैया ढुंगानाको संयोजकत्वमा अथिति सत्कार कमिटीमा गठन गरेको छ । सो कमिटीको सदस्यहरुमा पुष्पा घिमिरे, मिना खतिवडा, दुर्गा आचार्य, बिष्णु न्यौपाने, तुलसी पौडेल र शब्दिता प्याकुरेल रहेका छन् । ओएनएफ अमेरिकाका अर्का उपाध्यक्ष भीम ओलीको संयोजकत्वमा प्रचार प्रसार कमिटी गठन गरिएको छ । सो कमिटीको सदस्यहरुमा भुवन अधिकारी, विजय बगाले, शंकर लुन्गेली, घनश्याम खनाल, दिपक पाण्डे र राजु नेपाल रहेका छन् ।
यस्तै बैठकले सचिव छबि पाण्डेको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन कमिटी गठन गरेको छ । सो कमिटीको सदस्यमा डा. थोमस बास्तोला, गोबिन्द खनाल, कृष्ण आचार्य, डिबी राउत, भुवन अधिकारी, दुर्गा बिक, अच्युत सिग्देल, दिपक सापकोटा, संजय केसी, गणेश पौडेल र रेशम घर्ती रहेका छन् । अधिबेशनलाई मनोरञ्जनात्मक बनाउनको लागि मञ्चका सांस्कृतिक बिभाग प्रमुख घनश्याम खनालको संयोजकत्व सांस्कृतिक कमिटी समेत गठन गरिएको छ । सो कमिटीको सदस्यमा नेत्र पाण्डे, पुष्पा घिमिरे र प्रिया भण्डारी रहेका छन् ।
बैठकले अधिबेशन गर्न बाँकी रहेका राज्य कमिटीहरुको अधिबेशन मार्च ३१ भित्र अनिबार्य रूपमा सम्पन्न गरिसक्नु पर्ने र सम्पूर्ण राज्य कमिटीले अधिबेशन हुनुअघि नै प्रवासी नेपाली मञ्चको सदस्यता नबिकरण र नयाँ सदस्य बनाउन लाग्ने निर्णय गरेको छ । अधिबेशनमा आमन्त्रण गर्ने प्रमुख अथितिको लागि राष्ट्रिय कमिटीका अध्यक्षले आवश्यक परामर्श गरी अर्को बैठकले टुंग्याउने निर्णय गरिएको प्रचार कमिटीका संयोजक उपाध्यक्ष भीम ओलीले बताए ।
मञ्चका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका इञ्चार्ज घनश्याम पाण्डे, बिशेष अथिति प्रबासी नेपाली मञ्च, अन्तराष्ट्यि कमिटीका अध्यक्ष संजय थापासहित अन्तराष्ट्यि कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा, अन्तराष्ट्रिय कमिटी सदस्य जानकी कार्की, अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट, उपसंयोजक बुद्ध लामाले ओएनएफले गर्नुपर्ने कामसहित समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए ।
यस्तै अन्तराष्ट्यि कमिटी अन्तर्गत प्रचार विभागका सचिव कमल ओझा, अमेरिकाका सल्लाहकार संयोजक डा. रूद्र अर्याल, बुद्धिजीबी बिभाग संयोजक कुलमणि आचार्य सहभागी थिए । सचिव छबि पाण्डेले सञ्चालन गरेको बैठकमा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथि बक्ताहरुले ओएनएफले गर्नुपर्ने कामसहित समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए ।




















