विराटनगर— विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार विराटनगरमा जारी नेकपा (एमाले) को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् । 

उनलाई एमालेका उपाध्यक्ष गुरू बराल, कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई, राजेन्द्र गौतम,हिक्मत कार्की र कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लागायतका नेताहरुले पार्टीमा स्वागत गरेको एमाले कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले  जानकारी दिए ।

473079229_28464891486429363_3248542055904852789_nविराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य समेत रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए ।'

शर्मा एमाले प्रवेश गरे संगै अब उनले आफ्नो बौद्धिक योगदानलाई नयाँ धारमा लगेर पार्टीलाई अझ सशक्त बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। शर्माको अनुभव र बौद्धिकता पार्टीको विचारधारा विस्तार र संगठनात्मक गतिविधिमा उपयोगी हुने अपेक्षा गरिएको  एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवम प्रचार विभाग प्रमुख लक्षमण तिवारीले बताए  ।

उहाँ जस्तो इमान र निष्ठा रहेका वामवुद्धिजीवीको एमाले प्रवेशले अझै एमालेमा इमान र निष्ठाको राजनितिलाई बचाई रहन आम कार्यकर्तालाई अभिप्रेरित गर्ने एमाले कोशी प्रदेश कमिटी सदस्य एवम मानव अधिकार एलाईन्स इन्चार्ज राजेन्द्र कार्कीले व्यक्त गरे ।


May be an image of 3 people त्यस्तै नेकपा (एमाले) कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महिने जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको एमाले कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए  । 

माघदेखि चैतसम्म सञ्चालन हुने पार्टीको अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएकोराईले बताए  । 

नेता राईका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखिकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुनेछन् ।

अभिमुखिकरण कार्यक्रम विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा बिहान ११ बजे देखि सुरु हुने छ ।"

May be an image of 1 person, studying and crowdMay be an image of 6 people