धरान —धरान नगरपालिका-८ मा नेकपा (एमाले)को जुनेली मार्ग संयुक्त टोल कमिटी गठन भएको छ ।सोमबार जुनेली टोलमा सम्पन्न भेलाले कमला लिम्बू राईको अध्यक्षतामा १३ सदस्सीय नयाँ कमिटी गठन गरेको हो । 

कमिटीको उपाध्यक्षमा तारा मगर, सचिव लक्ष्मी दाहाल सुवेदी, उपसचिवहरुमा एलिसा भूजेल र होमा खापुङ चयन भएकाछन् । सदस्यहरुमा शान्तिलक्ष्मी शाक्य, गजबहादुर गुरुङ, पवित्रा गौतम, पर्मिला भूजेल, मनिता राई, दिलकुमारी राई, पूणीमा राजधामी र उमेश रिजाल रहेकाछन् । 

WhatsApp Image 2025-01-13 at 19.25.12_6d9ba202नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राई, एमाले सुनसरी जिल्ला सचिवालय तथा वडा इन्चार्ज नारायण सुवेदी, धरान उपमहानगर वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राई, एमाले नगर सदस्यहरु टेकबहादुर लिम्बू, लोककुमारी श्रेष्ठ, एमाले ८ नम्बर वडा अध्यक्ष लक्ष्मण दास लगायतको उपस्थिति थियो । 

चक्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले वडा सचिव लिला बाँस्तोलाले गरेकी थिइन् ।

May be an image of 6 peopleMay be an image of 5 people and textMay be an image of 8 people and textWhatsApp Image 2025-01-13 at 19.25.13_5ec8b040