विराटचोक—सुन्दरहरैँचाका साहित्यकार छवि वैरागी घिमिरेले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएबापत अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरेका छन् ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय साहित्य अवलोकन विश्वविद्यालयले उनलाई नेपाली साहित्यका बहुविधामा कलम चलाउँदै विश्वसाहित्यमा योगदान पुर्‍याउने लेखकको सूचीमा समावेश गर्दै मानार्थ विद्यावारिधि (Honorary Doctorate) र साहित्य गौरव स्वर्ण पदक प्रदान गरेको हो।

भारतको दिल्लीमा शनिबार भएको एक भव्य समारोहकाबीच साहित्य गौरव स्वर्ण पदक प्रदान गरेको उनकी श्रीमती तारा ढकाल घिमिरेले जानकारी दिइन ।

छवि वैरागी घिमिरेले आफ्नो जीवनलाई नेपाली साहित्यको सेवा र अभियानमा समर्पित गर्दै विभिन्न विधामा सिर्जना गर्दै आएका छन । यो सम्मानले उनको योगदानको कदर गर्नुका साथै नेपाली साहित्यको अन्तर्राष्ट्रियस्तरमा प्रचार-प्रसार गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले बताए ।