बिर्तामोड—प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रदीप परियारको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला र समावेशी सह–सचिवमा तिलक योञ्जन तामाङ रहेका छन् । कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाईँ, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानियाँ, सोम मंग्राती, रविकिरण बान्तवा, कविचन्द्र गुरागाईँ र किशोर उपरकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराएका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, कोशी प्रदेश अध्यक्ष अबिजाल बिष्ट, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवासीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।






















