प्युठान—प्युठानको सरुमारानी–४ स्थित मगर र गुरुङ बस्ती रहेको सिरबारी क्षेत्रका ५१ घरधुरी नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) मा सामूहिक रूपमा प्रवेश गरेका छन्।

सिरबारीका हपुरखोला, जङ्गले, सनचर खोला, अम्मरे, पूर्णगाउँ, खाई, खन्नेरी, दह, र हपुरखोलाका एक घरबाहेक बाँकी सबै घरधुरी एमालेमा प्रवेश गरेको एमाले प्युठानका जिल्ला सदस्य चिन्तबहादुर सोमैले जानकारी दिएका छन्।

यस समूहमा माओवादी केन्द्र सरुमारानी–४ वडा कमिटीका अध्यक्ष लालबहादुर थापा मगरसहित प्रमुख नेताहरू तुलबहादुर घर्तीमगर, तेजबहादुर बुढाथोकी, रूपेस थापामगर, र वीरबहादुर थापामगर (विकास) पनि सामेल छन्।

नेता लालबहादुर थापाले गाउँका समस्याको समाधान एमालेले मात्र गर्न सक्ने विश्वासका कारण आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताए।

२०७९ को निर्वाचनपछि सरुमारानी क्षेत्रमै विभिन्न पार्टी परित्याग गरी झन्डै १३० घरधुरीले एमाले रोजेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’का संयोजक मोहम्मद हलिम हलुवाईले उल्लेख गरे।

नवप्रवेशीहरूलाई संविधान सभा सदस्य एवं एमाले नेता धनबहादुर रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य झगबहादुर विश्वकर्मा, र वडा अध्यक्ष चिन्तबहादुर सोमैलगायतले अबिर माला लगाएर स्वागत गरेका थिए।