काभ्रे—नेकपा एकीकृत समाजवादी पाँचखाल नगरको अधिवेशन सम्पन्न सम्पन्न भएको छ । पार्टी केन्द्रीय कमिटी सचिव साबित्रा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले रामशरण दुलालको अध्यक्षमा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

 अधिवेशनबाट उपाध्यक्षमा किस्न दनुवार, सचिवमा कृष्णबहादुर श्रेष्ठ,उपसचिवमा सम्झना ढुङ्गना, अरुण बानिया लगायत सदस्यहरु चयन भएका छन् ।

 पाँचखालमा आज भएको अधिवेशनमा  विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेको पार्टीका केन्द्रीय नेता एवम बागमती प्रदेशका पूर्वमन्त्री लक्षमण लम्सालले जानकारी दिए ।

May be an image of 14 people