विराटचोक—माेरङकाे सुन्दरहरैँचा  नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताकाे उदघाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गाेलका विरूद्व ६ गोलकाे अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरूवात गरेको छ । 

नगरकाे सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयाेजित प्रतियाेगितामा सिक्किम (भारत) लाई पछि पार्दै झापा सेमिफाइनलमा  प्रवेश गरेको हो । कडा प्रतिष्पर्धा  पूर्ण खेलमा झापाकाे तर्फबाट जर्सि न. ७ का खेलाडी हर्क तामाङले सानदार रूपमा एक्लै  चार गाेल गर्न सफल भए । उनले पहिलाे हापकाे २२ मिनेट, दाेस्रो हापकाे ५ , १६ र ३० मिनेट पछिकाे अतिरिक्त समयमा गाेल गरि टिमलाई अघि बढाएका थिए । साथै झापाकाे तर्फबाट सुवास लिम्बूले खेलकाे २८ औ मिनेट तथा बलबहादुर लिम्बूले दाेस्रो हापकाे ३० औ मिनेटमा जाली चुमाउँदै टिमको जित भारी गाेलका साथमा निश्चित गराएका थिए । 

साथै  सिक्किम भारतका खेलाडी रमेश क्षेत्रीले दाेस्रो हापकाे २८औ मिनेटमा गाेल गरेर आफ्नाे टिमलाई शुन्य गाेल हुनबाट जाेगाएका थिए । उपयुक्त सिपबाट जवाफी गोल फर्काउन नसक्दा पाहुना टाेली भारत विदेशी मैदानमा पहिलो उदघाटन खेलबाटै बाहिरिन बाध्य भयाे । उसले विदाइकाे हात हल्लाउँदै घर तर्फ फर्कियाे । मध्यान्तरपछि अझ सुधारिएको प्रदर्शनमा झापाले आफ्नो पक्षमा थप नजिता निकाल्न सफल भएको थियाे । स्वदेशी तथा  विदेशी खेलाडीले भरिपूर्ण दुवै टिमको राेचक प्रतिष्पर्दामा स्वदेशी  टाेली झापाले पाहुना टाेली सिक्किमलाई खेल अबधि भरि कडा दवाफमा राखेको थियाे । माघ महिनाकाे चिसाे माैसमकाे प्रवाह नगरी खेलाडीले देखाएको  खेलकाे काैशलले सुन्दरहरैँचाकाे माहाेल फुटबलमय बनेर तातेकाे थियाे । 

भारतले धेरै पटक गाेल लगाउँने सुनाैलाे अवसर पाए पनि खेलाडी बिचकाे उपयुक्त तालमेल नमिल्दा सेमिफाइनलकाे अवसरबाट पछि परेको हाे ।  

खेलको म्यान अफ दी म्याच झापा जर्सी न. ७ का खेलाडी हर्क तामाङ घोषित भए। उनले नगद पुरस्कार पाए। आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश वटा टिमको सहभागिता रहेको छ । गाेल्डकप प्रतियाेगितामा एन.आर .सि भेट्रान सिक्किम (भारत) , दुधे भेट्रान झापा , मिल्स भेट्रान विराटनगर , हाम्रो धरान भेट्रान सुनसरी , विराट भेट्रान आयाेजककाे सहभागिता रहेको छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत , राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापा लगायत गोल्डकपकाे खेल मैदानमा  प्रतिष्पर्दा गर्ने छन् ।

Untitled-3अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले उदघाटन गरेका थिए  । उनले प्रतियाेगिता सुन्दरहरैँचाको गाैरव भएकाेले गाेल्डकपलाई नगरले समेत सकारात्मक  रूपमा हेरेको उल्लेख गर्दै खेल र खेलाडीकाे सम्मानका लागि सम्बन्धित सबैले ध्यान दिनु पर्ने बताए  । 

प्रतियोगिताको  उपाधि भने गत वर्षमा सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेकाे थियाे। राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे

 ।  प्रतियाेगिता सञ्चालनका लागि सुन्दरहरैँचा नगरपालिका मुख्य सहयाेगी तथा जिल्ला फुटबल संघ मोरङ सहयाेगकर्ता रहेको छ। प्रतियोगिताको विजेता टिमले रू १ लाख तथा उपविजेताले रू ५० हजार नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउँने  आयाेजक क्लबका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए । 

आयाेजक गाेल्डकपका आर्थिक संयाेजक दुर्गाकुमार श्रेष्ठले स्वास्थ्य तथा राष्ट्रका लागि खेलकुद आवश्यक हुने हुँदा  प्रतियोगिता सञ्चालनका लागि रू १० लाख ७० हजार अनुमानित खर्च लाग्ने जानकारी दिए । उनले आइतवारकाे खेल विराट भेट्रान आयाेजक बि. तथा उर्लाबारी भेट्रान बीचहुने उल्लेख गरे ।

Untitled-2 (1) 1