पथरी—लोकप्रिय गायक महेश बुढाथोकीको नयाँ म्युजिक भिडियो ‘राम साँईली’ सार्वजनिक भएको छ।  मगर समुदायको हुर्रा भाकाको गीतलाई म्युजिक नेपालले आज यो भिडियो रिलिज गरेको हो। उक्त  गीतले पूस अन्तिममा छायांकन पूरा गरेको थियो।

महेश बुढाथोकी यसअघि ‘काफल गेडी कुटुक्कै…’, ‘होस गर है सोल्टिनी…..’, र ‘हलो अड्काउँदै…..’ जस्ता चर्चित गीतहरूका कारण धेरै लोकप्रिय छन्। ‘राम साँईली’ मा बबिना भट्टराईको साथसाथै महेशको शब्द, भाका संकलन र अशोक राईको संगीत संयोजन छ।

भिडियोमा बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, र तारा मगर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियोका विभिन्न पक्षहरूमा सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पुजा तामाङले नृत्य कोरियोग्राफी, र ईश्वर दुलालले निर्देशन गरेका छन्।

यस गीतले महेश बुढाथोकीका फ्यानहरूलाई रमाइलो मनोरञ्जन दिने विश्वास गरिएको छ।