सिन्धुली—नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएका छन्। एमाले सिन्धुलीको तीन महीने अभियान महिने जरा केन्द्रीत अभियान अभिमुखिकण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाल लगायत नेताहरु एमालेमा फर्किएका हुन ।
त्यसैगरी जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल , जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापा एमाले फर्किएका नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।
उनीहरुलाई एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेल, सिन्धुली जिल्ला इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकाेटा लगायतका नेताहरुले स्वागत गरेका थिए ।
नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
बैठकले सदस्यता नविकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने जनाएको छ ।
साथै पार्टी अध्यक्ष एवम् नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने भएको छ ।




















