- बद्री अर्याल
खोटाङ—नेकपा एमालेले खोटाङ जिल्लाको साकेला गाउँपालिकाबाट "जरा केन्द्रीत तीन महिने अभियान" विधिवत रूपमा सुरु गरेको छ। शनिबार साकेला गाउँपालिका कमिटीको विस्तारित बैठकबाट यो अभियानको शुभारम्भ गरिएको हो।
अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं खोटाङका इन्चार्ज विशाल भट्टराईले गरेका छन् । नेता भट्टराईले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो सुन्ने र पार्टीले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्ने कुरा व्यक्त गरे । उनले पार्टीप्रति गलत धारणा फैलाउने तत्वको भण्डाफोर गर्न निर्देशन पनि दिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रभात विक्रम कटवाल, कार्यक्रममा एमाले कोशी प्रदेश सदस्य दिलकुमारी राई ,पुर्व कोशी प्रदेश सदस्य तथा किसान महासंघ कोशी प्रदेशका उपाध्यक्ष दुधराज तामाङ , कोशी प्रदेश स्कुल विभाग सदस्य गोपिकृष्ण खड्का , जिल्ला कमिटी सदस्य आश्विन चन्द्र ( बद्री ) राई , अनेरास्ववियु केन्द्रीय सदस्य एवम् खोटाङ इन्चार्ज मोहन पोखरेल ,जिल्ला कमिटीका सल्लाहकार बिरमल राईले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
बैठकले साकेला गाउँपालिकाका पाँच ओटै वाडामा पार्टीका जेष्ठ अगुवालाई संयोजक तोकी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसमा वडा न.१ न. वडामा पूर्ण खत्री -२ न. वडामा कल्याण राई, ३ न. वडा मा यामबहादुर तामाङ, ४ न. वडामा टेकबहादुर कटवाल र ५ न. वडामा वीरबहादुर राई रहेका छन् ।
त्यसैगरी प्रत्येक वडामा २५ जना युवाको टोली निर्माण गर्ने र डिजिटल प्रविधिको प्रयोगमार्फत पार्टी को गतिविधिको प्रचार गरिने लगायतको निर्णय गरिएको छ। अभियानको समग्र नेतृत्व पालिका इन्चार्ज गर्ने प्रभातविक्रम कटवालले गर्ने निर्णय गरेको छ ।
अभियानको शुभारम्भ कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो।
साकेला गाउँपालिका कमिटी अध्यक्ष हिराकाजी राईको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष यामबहादुर तामाङले स्वागत मन्तव्य गरेका थिए भने सञ्चालन सचिव लक्ष्मीभक्त न्यौपानेले गरेका थिए।























