विराटचोक—नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सभासद तथा पुराना बामपन्थी नेता चन्द्रबहादुर गुरुङको स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेटघाट गरेका छन्। नेता खनालले सोमबार बिहान मोरङ, सुन्दरहरैँचा -१० स्थित गुरुङको निवासमा पुगेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन्।

भेटमा खनालले गुरुङकोको पूर्णस्वास्थ्य लाभको कामना गर्दै उनलाई हौसला प्रदान गरेको नेकपा एसका युवा नेता प्रेमराज भारतीले जानकारी दिए ।

Untitled-5 (1)नेता खनाल संगै  नेकपा एसका पोलिटव्युरो सदस्य महेश रेग्मी, नेता लक्ष्मीकुमार श्रेष्ठ, भुपाल बस्नेत, प्रेमराज भारती, डोलेश्वर तिम्सिना, चन्द्र ढकाल झापाली, सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष तिलकप्रसाद ढकाल लगायतका स्थानीय नेता कार्यकर्ताहरु गुरुङ निवासमा पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

सभासद गुरुङ दोस्रो संविधान सभामा निर्वाचित प्रतिनिधि हुन्। साथै, उनी नेकपा एसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका छन्।

गुरुङले भारतको मेडिसिटी अस्पतालमा मुटुको शल्यक्रिया गराएका थिए। करिव दुई महिनाको उपचारपछि उनी बिहिबार घर फर्किएका थिए । 

3