काठमाडौं—रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सोमबार रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले छविलाल जोशीलाई थुनामा पठाउने आदेश जारी गरेको हो। अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार जोशीलाई अहिलेलाई थुनामा राख्ने निर्णय गरिएको छ।
जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए। ज्ञवालीले भने, ‘आजै निवेदन दिएर हाजिर भएकोमा, पछि बुझ्दै गएअनुसार हुने गरी तत्काल थुनामा पठाउने आदेश भएको छ।’
यस मुद्दामा जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ। यसअघि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर छोडेको थियो।
यस मुद्दामा फरक फरक फैसला गरिएको कारण सामाजिक सञ्जालमा प्रश्न गरिएको छ।




















