दाङ—प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठुला लुटेरा भएको टिप्पणी गरेका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
´देशका सबैभन्दा ठुला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।`
देशको अर्थतन्त्र माओवादीले खोक्रो बनाएको दावी गर्दै ओलीले अर्थतन्त्र एमालेले बनाउने ठोकुवा गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने , ´विदेशी इशारामा काम गर्ने किनारा लाग्छन् । किनारा लगाइन्छ ।`
यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।




















