केही दिनअघि भारतीय हास्यकलाकार सुनिल ग्रोवरले एक ट्वीट गरेका थिए । उनको उक्त ट्वीटपछि उनी कपिल शर्मा शोमा फिर्ता हुँदैछन् भन्ने खबर यत्रतत्र फैलियो । प्रशंसकको उत्साह पनि दोब्बर भइसकेको थियो । तर अब सुनिल ग्रोवरको प्रतिक्रियाले प्रशंसकका सबै आशा निराशामा परिणत हुने भएको छ । सुनिल ग्रोवरले कपिलको शोमा कमब्याकको खबरलाई निराधार र दिक्क लगाउने किसिमको बताएका छन् ।
सुनिल ग्रोवरले आफ्नो नयाँ प्रोजेक्टको विषयमा पनि खुलासा गरेका छन् । उनले भने, ‘केही रोचक भने पक्कै हुँदैछ । म केही दिनमा यसबारे घोषणा गर्नेछु । यो वेब स्पेसको लागि हो जसको म प्रतिक्षा गरिरहेको छु । म यतिमात्र भन्न सक्छु ।’
सुनिल ग्रोवरको फिर्ताबारे च्यानलको सूत्रले भने, ‘सुनिल कपिल शर्मा शोमा आउने कुनै खबर छैन किनभने कृष्णा अभिषेक कमेडी सिरियलमा छन् । जो सुनिलको ठाउँमा आएका थिए । कृष्णाको कामको प्रशंसा भइरहेको छ । उनको सपना क्यारेक्टरले मानिसहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ । सपनाबाहेक अन्य क्यारेक्टर पनि प्रभावकारी रहेका




















