काठमाडौं—नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटमा समाजवादी प्रेस संगठन नेपालका पत्रकारहरूले आफ्नो संगठन त्यागेर प्रेस चौतारी नेपालमा समाहित भएका छन्।
मंगलबार सम्पन्न प्रेस चौतारी रौतहटको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ रौतहट जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सम्पूर्ण टोलीसहित प्रेस चौतारी नेपालमा फर्किएका हुन्।
झासँगै केन्द्रीय सदस्य कृष्ण तिवारी पनि सोही संगठनमा फर्किएका छन्। उनीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले औपचारिक रूपमा स्वागत गरेका थिए।




















